ललितपुरबाट चोरिएको मोटरसाइकल रौतहटमा भेटियो
१ कात्तिक, रौतहट । ललितपुरबाट चोरिएको मोटरसाइकल रौतहटमा भेटिएको प्रहरीले जनाएको छ ।
गत असोज ३० गते (आइतबार) दिउँसो चोरिएको प्रदेश ३ -०२-०१४ प ०६४७ नम्बरको २२० सिसिको बजाज कम्पनीको पल्सर मोटरसाइकल जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको टोलीले चन्द्रनिगाहपुरबाट फेला पारेर मोटरसाइकल धनी आशिष लकान्द्रीको जिम्मा लगाएका छन् ।
ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ५ टिकाथली राधाकृष्ण चोकमा पार्किङ गरी राखिएको अवस्थामा चोरी भएको थियो ।
यस्तै, ट्राफिक प्रहरीलाई देखेर मोटरसाइकल छाडेर फरार भएको आरोपीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।






