प्रभु साह पार्टीबाट बर्खास्त

   २८ आश्विन २०७९, शुक्रबार १४:४२  

२८ असोज, रौतहट । नेकपा एमालेले पार्टीका स्थायी कमिटि सदस्य प्रभु साहलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।

साहसँगै रौतहट जिल्ला इन्चार्ज उपेन्द्र साह र सह इन्चार्ज कुन्दन कुशवाहालाई पार्टीबाट निष्कासन गरेको छ ।

प्रतिनिधि सभा निर्वाचनका लागी पार्टीको टिकट ल्याएर पनि पार्टीलाई धोका दिएर षडयन्त्र गरेपछि पार्टीले उनलाईका कारवाही गरेको हो । साहले मनोनयन दर्ताका दिन रौतहटको क्षेत्र नम्बर ३ मा अन्तीम समयमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्दै नेकपा एमालेलाई धोका दिएका थिए ।

यसैगरी रौतहटमा रहेको एमाले जिल्ला कमिटिलाई पनि विघटन गरी तत्कालका लागी उद्धव रेग्मीलाई जिम्मेवारी दिएको छ ।