क्रिकेटर सन्दीपलाई ७ दिन हिरासतमा राख्न अदालतको आदेश
द नेपाल मिडिया
२५ आश्विन २०७९, मंगलवार १२:०८
२५ असोज, रौतहट । नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेलाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
१७ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा पक्राउ परेका सन्दीपलाई १० दिन हिरासतमा राख्न अनुमति प्रहरीले मागेपनि ७ दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
कतारको दोहा हुँदै गत असोज २० गते सन्दीप नेपाल फर्केपछि काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।






