थप २ हजार ४४४ जनामा कोरोना पुष्टि, एकको मृत्यु

   २७ पुष २०७८, मंगलवार १७:०१  

२७ पुस, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १० हजार ६ सय ४८ जनाको परीक्षण गर्दा जम्मा १ हजार ९ सय ८१ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ भने र ४ हजार ३८५ जनाको पीसीआर गर्दा ४६३ जना गरी २ हजार ४४४ संक्रमित थपिएका छन् । आज थपिएको संक्रमितहरुसंगै हालसम्म देशभर कोरोना संक्रमितको संख्या ९ लाख ३३ हजार ८९४ पुगेको छ ।

त्यसैगरी, विगत २४ घण्टामा थप ३ सय १३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसंगै हालसम्म नेपालमा संक्रमणमुक्त हुनेहरुको कुल संख्या ८ लाख १४ हजार ७९८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण यो अवधिमा थप १ जनाको मृत्यु भएको छ । यससहित हालसम्म नेपालमा संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या ११ हजार ६ सय ७ पुगेको स्वास्थ्य तथा जनसंख्या मनत्रालयले जनाएको छ ।

हाल नेपालमा ९ हजार ५ सय २२ संक्रमित उपचाररत रहेका छन् ।