मकवानपुरमा गाँजासहित एक जना पक्राउ
२७ पुस, रौतहट । मकवानपुरबाट गाँजासहित एक जना पक्राउ परेका छन् ।
जिल्लाको भिमफेदी गाउँपालिका वडा नम्बर २ भैंसेस्थित चेकपोष्टबाट थाहा नगरपालिका वडा नम्बर २ का ३० वर्षीय रामचन्द्र सिंतानलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
सवारी चेकजाँच गर्ने क्रममा सोमबार साँझ ६ बजेतिर पालुङबाट हेटौंडा जाँदै गरेको प्रदेश ३-०१-००२२ च ३५५६ नम्बरको पिकअप गाडीबाट १८३ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए ।
पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






