कैलालीमा महिलाको शव फेला

   २७ पुष २०७८, मंगलवार १३:५६  

२७ पुस, कैलाली । कैलालीको धनगढीमा एक महिलाको शव फेला परेको छ ।

जिल्लाको टिकापुर नगरपालिका घर भई उपमहानगरपालिका ३ आदर्श चोक बस्दै आएकी ४० वर्षीया लक्ष्मी चौधरीको शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लक्ष्मी चौधरीको शव आइतबार नै भेटिएको थियो । आफू बस्दै आएको डेरामा नै उनी मृत अवस्थामा फेला परेकी थिइन् ।
घटनाबारे अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।