आज ३०० औँ पृथ्वीजयन्ती मनाईदैँ

   २७ पुष २०७८, मंगलवार १२:२१  

२७ पुस, रौतहट । आज पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती मनाइएको छ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीको कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो ।

मंगलबार परेको ३०० औँ जन्मजयन्ती सिंहदरबार अगाडि रहेको पृथ्वीनारायणको सालिकमा राष्ट्रपति विद्यादेवी भण्डारी लगायतले माल्यार्पण गरेर उनको स्मरण गरिएको हो ।

राष्ट्रनिर्माताको रुपमा पृथ्वीनारायणलाई सर्वसाधारणदेखि राजनेताहरुले सम्झँदै आएका छन् । आज परेको उनको ३०० औँ जन्मजयन्तीमा विभिन्न राजनीतिक दलका नेता, संघ(संस्था तथा सर्वसाधारण समेत उनको सालिकमा माल्यार्पण गर्दै श्रद्धा प्रकट गरेका छन् ।

यसैगरी, दिउँसो साढे दुई बजे जमलस्थित राष्ट्रिय नाचघरमा नेपालका विभिन्न सांस्कृतिक झलकको प्रस्तुति गरिने भएको छ । यस्तै अन्य सङ्घसंस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरी देशभर पृथ्वीजयन्ती मनाउँदैछन् ।