पृथ्वी जयन्तीको अवसरमा पूर्वराजा ज्ञानेन्द्र सिंहदरबार जाने
२६ पुस, रौतहट । मंगलबार पृथ्वीनारायण शाहको ३०० जन्मजयन्ती मनाइँदैछ ।
पृथ्वी जयन्तीको अवसरमा मंगलबार पूर्वराजा ज्ञानेन्द्र शाह सिंहदरबार जाने भएका छन् । पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न भोलि मध्यान्ह १२ः३० बजेतिर पूर्वराजा ज्ञानेन्द्र शाह सिंहदरबार जाने भएका हुन् ।
उनी सिंहदरबारको मुल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गर्न जाने कार्यक्रम रहेको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिए ।
पृथ्वी जयन्ती दिवसको अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छैन ।






