सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

   २३ पुष २०७८, शुक्रबार १५:२६  

२३ पुस, रौतहट । सवारी दुर्घटना हुँदा सुनसरीमा दुई जनाको मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिका २० स्थित पानीपिया जङ्गलमा बस र मोटरसाइकल आपसमा ठोक्किदाँ मोरङ सुन्दरहरैचा ५ का २७ वर्षीय सन्तोष राई र सङ्खुवासभा खाँदबारी नगरपालिका ७ बस्ने २२ वर्षीय अबि राईको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार कोसी लोकमार्गअन्तर्गत दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २७ प २१९ नम्बरको मोटरसाइकललाई सोही विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १ ०२००१बसख ८१९६ नम्बरले बसले ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बसचालक इटहरी ४ निवासी ४४ वर्षीय टीकाराम चौधरीलाई सवारीसाधनसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका चौधरीमाथि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।