कक्षा ११ को आंशिकतर्फको परीक्षाफल सार्वजानिक

   २३ पुष २०७८, शुक्रबार १४:०७  

२३ पुस, रौतहट । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिकतर्फ परीक्षाफल बिहीबार प्रकाशित गरेको छ । गत असोज ११ गते देखि सुरु भएको कक्षा ११ को परीक्षा असोज १८ गतेसम्म सञ्चालन भएको थियो ।

कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षार्थीहरूको परीक्षाफल हिजो सार्वजानिक भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
परीक्षामा २४ हजार ७२४ जना विद्यार्थी सहभागी थिए । ग्रेड वृद्धितर्फ २१ हजार ८१६ र आंशिकतर्फ २ हजार ९०८ जना विद्यार्थी लिएको थिए ।

बोर्डका अनुसार तीमध्ये २ हजार २ सय ९९ विद्यार्थी उत्तीर्ण भएका छन् ।