चोरी गरिरहेकै अवस्थामा बाँकेबाट एक जना पक्राउ

   २३ पुष २०७८, शुक्रबार १३:२१  

२३ पुस, रौतहट । मन्दिरमा चोरी गरिरहेकै अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाँकेको नेपालगञ्जस्थित राम जानकी मन्दिर परिसरमा भगवानका मुर्तिसहित बुधबार गएराति एक जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नेपालगञ्ज वडा प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले नेपालगञ्ज १ का २५ वर्षीय असरफ बागवानलाई हिरासतमा लिएको हो ।

उनको साथबाट भगवानको मुर्ती ३ थान, नाग देवताको मुर्ती २ थान, घण्टी ३ थान, तामाको लोटा ४ थान, त्रिशुल ३ थान, आरती १ थान, पाला २ थान, पाला छोप्ने ढक्कन ८ थान, टिका राख्ने भाँडा १ थान, फलामको सिक्री १ थान, सानो आरी १ र थान र रिन्च १ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।