ललितपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

   २३ पुष २०७८, शुक्रबार १३:०५  

२३ पुस, रौतहट । ललितपुरमा करेन्ट लागेर बस चालकको मृत्यु भएको छ ।

जिल्लाको कोञ्ज्योसोम ३ शंखु छापकमा करेन्ट लागेर बा ३ ख ४१०८ नम्बरको बस चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार साँझ ५:३० बजेतिर गोटिखेलबाट चापागाँउतर्फ जाँदै गरेको बेला बसको टायर पञ्चर भई रोकीराखेको अवस्थामा पिसाब फेर्ने क्रममा करेन्ट लागेर बस चालक कोञ्ज्योसोम दलचोकी बस्ने ३५ वर्षीय शम्भु घिमिरेको मृत्यु भएको ललितपुर प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए ।

करेन्ट लागेर घाइते भएका घिमिरेलाई उपचारका लागि कीर्तिपुर अस्पतालमा ल्याएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।