मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
२२ पुस, रौतहट । कैलालीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ एक जना घाइते भएका छन् ।
दुर्घटनामा परेर कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ५ बस्ने ३६ वर्षीय मेघलाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार बुधबार बेलुकी ७ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका ६ गुलरामा रा १ क ११३० नम्बरको क्रेनसँग से ४ प ६०२१ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
क्रेनसँग ठोकिएर मोटरसाइकल अनियन्त्रित भई सोही विपरीत दिशाबाट आइरहेको एक पैदलयात्री ६२ वर्षीय भवान सिंह टाललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि लालरत्न अस्पतालमा ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, दुर्घटनामा परेर घाइते भएका पैदलयात्री भाटको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






