रौतहटका संचारकर्मी पहाडी र कार्की सम्मानित

   २१ पुष २०७८, बुधबार १६:१७  

२१ पुस, रौतहट । रौतहटका संचारकर्मी अशोक पहाडी र संजय कार्की सम्मानित भएका छन् ।

संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेड चन्द्रनिगाहपुरले आज १४ औँ स्थापना दिवसको अवसरमा खेलकुद र संचारक्षेत्रमा योगदान पुरयाएको भन्दै तराई एक्सप्रेस (नयाँ प्रत्रिका)का प्रकाशक अशोक पहाडी र गुञ्जन एफएमका स्टेशन म्यानेजर तथा नेपाल समाचार पत्रका संचारकर्मी सञ्जय कार्की, लाई सम्मान गरेको छ ।

संकल्प साकोसले आफ्नो स्थापना दिबसको अवसरमा ७५ बर्ष उमेर भन्दा माथिका आफना ८४ जना शेयर सदस्य लाई सम्मान गरेको छ ।

साकोसले आफ्ना शेयर सदस्य तर्फ सदस्य समन्व पुरस्कार देबेन्द्र अर्याल, असल कारोबारी शेयर सदस्य कलाबती तिबारी खडका, मधुसुदन तिमल्सिना, लोक बहादुर श्रेष्ठ, नीर्मला कुमारी साह लाई समेत सम्मान गरेको छ ।

संस्थाका अध्यक्ष बिभु पोखरेलको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा संस्थाको स्थापना देखि बर्तमान सम्मको जानकारी संस्थापक अध्यक्ष गणेश पौडेलले राख्नु भएको थियो ।