बिहीबार बस्ने प्रतिनिधि सभाको बैठक स्थगित
२१ पुस, रौतहट । बिहीबार बस्ने गरी बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
पुस २२ बिहीबार दिउँसो १ बजे बस्नेगरी तय भएपनि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रतिनिधि सभाको बैठक सूचना निकालेर दोस्रो पटक स्थगित भएको हो ।
यसअघि पुस १८ गते (आइतबार) बैठक बस्ने तय भएपनि सूचना जारी गरेर पुस २२ का लागि बैठक सारिएको थियो ।
बैठकको अघिल्लो दिन बुधबार सूचना निकालेर बिहीबारका लागि तय भएको बैठक २८ गते बुधबारका लागि सारिएको छ ।






