सिराहाको मिर्चैयामा अज्ञात समूहले गरे ट्रकमा आगजनी
१९ पुस, रौतहट । सिरहाको मिर्चैया नगरपालिका ६ बतहा पुलमा अज्ञात समूहले एउटा ट्रकमा आगजानी गरेको छ ।
पूर्व पश्चिम राजमार्गअन्तर्गतमा ना।४ख १००९ नम्बरको ट्रकमा आज बिहान करिब ६ बजेतिर अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।
हिमालय सुगर मिलमा उखु अनलोड गरेर पूर्वबाट पश्चिमतर्फ जादैँ गरेको अवस्थामा आगजनी गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका इन्चार्ज प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिप्रसाद ओलीले जानकारी दिए ।
हरिप्रसाद ओलीका अनुसार आगलागीका कारण ट्रकको अगाडिको भाग जलेको छ । ट्रकमा आगजनी गर्ने अज्ञात व्यक्तिको खोजी भइरहेको छ ।
यसअघि जनमत पार्टीका कार्यकर्ताले घोषित किसान आन्दोलन उल्लंघन गरेको भन्दै सिराहाको चोहर्वामा एक ट्रकमा आगजनी गरेको थियो ।






