हतियारसहित महोत्तरीबाट एकजना पक्राउ

   १९ पुष २०७८, सोमबार १०:४९  

१९ पुस, रौतहट । हतियारसहित महोत्तरीबाट एक जना पक्राउ परेका छन् ।

महोत्तरीका प्रमुख प्रहरी नायब महानिरीक्षक गणेश ठाडामगरका अनुसार जिल्लाको लोहरपट्टी नगरपालिका बस्ने २४ वर्षीय मोहम्मद राजा कवाडीलाई पक्राउ गरिएको छ ।

लोहरपट्टी ९ पिपराडी ईलाकाबाट आइतबार बेलुकी उनलाई अमेरिकन पेस्तोल र नाईट्रोभेट १० पिससहित पक्राउ गरिएको थियो ।
सशस्त्र प्रहरी बल खुट्टा पिपराडी बेसको सशस्त्र प्रहरी नायब निरीक्षक निलहरी दहाल नेतृत्वको कमाण्डमा खटिएको टोलीले उनलाई हिरासतमा लिएको हो ।

पक्राउ परेको उनीमाथि आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।