कञ्चनपुरबाट दुई जना पक्राउ

   १८ पुष २०७८, आईतवार १०:४५  

१८ पुस, कञ्चनपुर । प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई कञ्चनपुरबाट प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको पुनर्वास नगरपालिका(१० दोदा पुल क्षेत्रबाट शनिबार साँझ धनगढी उपमहानगरपालिका ७ बस्ने ३३ वर्षीया सनम भण्डारी र २८ वर्षीया रितु भण्डारीलाई हिरासतमा लिएको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।

सडकमा हिँडिरहेकी दुवै जनालाई शंकास्पद अवस्थामा रोकी चेकजाँच गर्ने क्रममा लुकाईछिपाई राखेको अवस्थामा नेट्राभेट १० लेखेको ट्याबलेट १५ र स्पास लेखेको क्याप्सुल ४४ थान बरामद भएकोे प्रहरीले जनाएको छ ।

पक्राउ परेकी दुवै जनामाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।