मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

   १६ पुष २०७८, शुक्रबार १३:३१  

१६ पुस, गोरखा । गोरखामा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोरखाको आरुघाटबाट माछाखोलातर्फ जादैँ गरेको अवस्थामा बा ५ ख ६५६६ नम्बरको मिनिट्रक सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

आज मध्यान्ह १२ बजेतिर भएको दुर्घटनामा परेर चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको गोरखाका डीएसपी प्रकाश दाहालले जानकारी दिए । हाल मृतकको पहिचान हुन सकेको छैन् ।

दुर्घटना भएको मिनिट्रकमा ६ जना सवार भएका थिए । घाइते भएका चार जनाको उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।