वीरगञ्जमा मोटरसाइकलबाट खसेर महिलाको मृत्यु

   १५ पुष २०७८, बिहीबार १५:१०  

१५ पुस, पर्सा । पर्साको परवानीपुरस्थित केडिया आँखा अस्पताल जाने क्रममा मोटरसाइकलबाट खसेर एक वृद्धाको मृत्यु भएको छ ।

मोटरसाइकलबाट खसेर ज्यान गुमाउनेमा भारत बिहारको मोतिहारी जिल्लाको बगही गाउँकी ७० वर्षीया मुस्मतिया देवी सहनी रहेकी प्रहरीले जनाएको छ ।

आँखा अस्पतालमा उपचार गराउँन जादैँ गर्दा वीरगञ्ज १४ स्थित बाईपास सडकमा बीआर ४०५ एइ ०३३२ नम्बरको मोटरसाइकल अचानक अनियन्तित्र भई दुर्घटना हुँदा सहनीको मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता नायव उपरीक्षक पहलाद कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार मृतक महिलाका छोरा शर्मानन्द सहनीले चलाएको मोटरसाइकलबाटै खसेर उनको मृत्यु भएको हो ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।