पहाडी जिल्लामा भूकम्पको धक्का
१५ पुस, बैतडी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बुधबार मध्यराति भूकम्पको धक्का महसुस गरिएको छ ।
हिजो मध्यराति १२ बजेर ५३ मिनेटमा बैतडी, दार्चुलालगायत जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो । पहाडी जिल्लामा ४.६ रेक्टर स्केलको भूकम्प भएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट राजेश शर्माले जानकारी दिए ।
हिजो राति भएको भूकम्पको केन्द्रबिन्दु भारतमा रहेको छ । भारतको उत्तराखण्ड प्रदेशको खाडा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्पबाट भएको क्षति विवरण हाल जानकारी नआएको प्रहरीले जनाएको छ ।






