गोठमा अज्ञात समूहद्वारा आगजनी, लाखौँको क्षति
१४ पुस, बर्दिया । बर्दियामा अज्ञात समूहद्वारा गोठमा आगजानी गर्दा लाखौँको क्षति भएको छ ।
बारबर्दिया नगरपालिका ६ धामपुरका चन्द्रबहादुर सुनारको गोठमा अज्ञात समूहले मंगलबार गएराति आगजनी गरिएको प्रहरीले जनाएको छ ।
हिजो मध्यरातमा आगजनी गर्दा गोठमा राखिएको ट्याक्टर, धान चुट्ने थ्रेसर पूर्णरुपमा जलेर नष्ट भएको सशस्त्र प्रहरी नायव उपरीक्षक गोबन्द केसीले जानकारी दिए ।
आगजानीबाट करिब १७ लाख रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ । केसीका अनुसार गोठमा आगजनी कसले र्गयो भन्ने हाल खुल्लन सकेको छैन् ।
घटनास्थलमा सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प कतर्नियाबाट सहायक सशस्त्र प्रहरी निरीक्षक सर्वजीत थापाको कमान्डमा सात जनाको टोली खटिएको छ । आगजनीको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






