हतियारसहित एक जना पक्राउ

   १४ पुष २०७८, बुधबार १३:५२  

१४ पुस, सुनसरी । कटुवा पेस्तोलसहित सुनसरीबाट एक जना पक्राउ परेका छन् ।

मंगलबार साँझ पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका १२ खनारका ३४ वर्षीय काउ भन्ने सुशील साह रहेको प्रहरीले जनाएको छ ।

दुहबी नगरपालिका ३ स्थित सामुदायिक अस्पताल अगाडि सडकमा हिँडिरहेको साहलाई शंकास्पद अवस्थामा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको टोलीले रोकी चेकजाँच गर्दा कटुवा पेस्तोल फेला परेको प्रहरीले जनाए ।

हतियारसहित पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।