अगामी २४ घण्टा वर्षा हुने सम्भावना

   १४ पुष २०७८, बुधबार १२:२६  

१४ पुस, रौतहट । पश्चिमी वायुको प्रभावले अगामी २४ घण्टा देशको अधिकांश भूभागमा वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा सिहमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यो क्रम आज रातिसम्म कायम रहने छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात भइरहेको विभागका मौसमविद् गङ्गा नगरकोटीले बताइन् ।

राति देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।