हाइस दुर्घटना हुँदा ८ जना घाइते
१३ पुस, कैलाली । कैलालीमा आज बिहान भएको हाइस दुर्घटनमा परी ८ जना घाइते भएका छन् ।
मंगलबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिका १० बलियामा शुक्लाफाँटा यातायात प्रा.लि. को बा ५ ख ८९०० नम्बरको हाइस गाडी दुर्घटना हुँदा ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नेपालगञ्जबाट महेन्द्रनगरतर्फ गइरहेको हाइस अनियन्त्रित भई सडकमै पल्टिदाँ दुर्घटना भएको हो । हाइसमा सवार भएका उनीहरु सामान्य घाइते भएका छन् ।
घाइते आठैँ जनाको लम्कीकै लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।






