पर्साबाट एक युवक पक्राउ
१३ पुस, पर्सा । पर्साबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
जिल्लाको वीरगञ्ज महानगरपालिका १३ बाट आज बिहान १९ वर्षीय विक्रम सर्राफलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी पर्साबाट खटिएको टोलीले सवारी चेकजाँच गर्ने क्रममा सडकमा हिँडिरहेका सर्राफलाई शंकास्पद अवस्थामा रोकी खानतलासी गर्दा निजको साथबाट डाइजिपाम ३५० एम्पुल, नुफ्रिन ३५० एम्पुल, र फेनारगन ३५० एम्पुल लागूऔषध बरामद भएको पर्साका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।
पक्राउ परेका उनीमाथि लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।






