हतियारसहित दुई भारतीय नागरिक पक्राउ
१३ पुस, सुनसरी । सुनसरीबाट पेस्तोलसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको कोशी गाउँपालिका वडा नम्बर १ लौकहीको बिएस होटलबाट भारतको बिहार अररिया पञ्चायत बासमटिया ६ का ३५ वर्षीय विधानन्द राम र पञ्चायत बासमटिया २ का ३१ वर्षीय हासिम अंसारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
विषेश सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले २ थान अटोमेटिक पेस्तोल, ४ थान म्याग्जिन, ३ राउण्ड गोली, १ थान मोबाइल, २ हजार भारतिय रुपैयाँ र बिआर ५० के ०१४९ नम्बरको मोटरसाइकलसहित सोमबार साँझ उनीहरुलाई हिरासतमा लिएको हो ।
हरियारसहित पक्राउ परेका दुवै जनामाथि यसबारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय लोकहीले जनाएको छ ।






