मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

   १२ पुष २०७८, सोमबार १५:१०  

१२ पुस, रौतहट । भारतीय मोटरसाइकलको ठक्करबाट कपिलवस्तुमा एक पैदलयात्रीको मृत्यु भएको छ ।

कृष्णनगर नगरपालिका १ स्थित सडक अन्र्तगत युपी ५५ के ०४८० नम्बरको मोटरसाइकको ठक्करबाट सोही नगरपालिका १ मडाहाका ६५ वर्षीया सरस्वती अहिरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी अहिरलाई शिवराज अस्पताल बहादुरगञ्जमा उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालकको पनि सोही अस्पतालमा उपचार भइरहेका छ ।