सालको काठ ओसारपसार गर्ने दुईजना पक्राउ
१२ पुस, रौतहट । अवैध रुपमा सालको काठ काटेर ओसारपसार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सालको काठसहित पक्राउ पर्नेमा गोरखा नगरपालिका १० वीरेञ्चोकस्थित प्रणामी फर्निचर उद्योगका सञ्चालक भगवान कार्की रसोही स्थानका ट्याक्टर चालक कृष्ण विक रहेको प्रहरीले जनाएको छ ।
ग १ त ४४७६ नम्बरको ट्रयाक्टरमा लोड गरेको अवस्थामा १ सय ४९ थान सालको काठसहित शनिबार राती ८ बजेतिर दुवै जनालाई हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
अवैधरुपमा ओसारपसार गरी प्रणामी फर्निचर उद्योगको कम्पाउण्डमा राखेको अवस्थामा काठ भेटिएको प्रहरीले जनाएको छ ।
सालको काठसहित पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय गोरखा पठाइएको प्रहरीले जनाएको छ ।






