अगामी दुईदिन देशभर वर्षा हुने सम्भावना

   १२ पुष २०७८, सोमबार ११:४७  

१२ पुस, रौतहट । अगामी दुईदिन देशभर वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार देशको पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्णतया बदली र तराईका भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना र हिमाली तथा उच्च पहाडी भू–भागमा पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबारदेखि पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशको सुदूरपश्चिम, लुम्बिनी, कर्णाली, गण्डकी र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली भई यी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।