सर्लाहीमा साइकलको ठक्करबाट महिलाको मृत्यु
११ पुस, सर्लाही । सर्लाहीको नवलपुर (मलंगवा)मा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
हरिपुर नगरपालिका ६ लक्ष्मीपुरमा साइकलको ठक्करबाट सोही ठाउँ बस्ने अन्दाजी ५५ वर्षीय सैफुल खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ । बाटो काट्दै गरेकी खातुनलाई साइकलले ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार साइकलको ठक्करबाट ती महिलाको टाउकोमा गम्भीर चोट लागेको थियो । घाइते खातुनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याएपनि उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
पोष्टमार्टमको लागि मृतकको शव सोही अस्पतालमा राखिएको छ । ठक्कर दिने साइकल र चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।






