अवैध रकमसहित एक भारतीय पक्राउ

   ९ पुष २०७८, शुक्रबार १६:१६  

९ पुस, बारा । अवैध रकमसहित बाराबाट एक भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्रोत नखुलेको १६ लाख रकमसहित भारतको बिहार मोतिहारी ग्राम पञ्चायत बेलदर्वा ५ का ३० वर्षीय रंदेश कुशवाहालाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान सवारी चेकजाँच गर्ने क्रममा कलैया उपमहानगरपालिका–१०, मटिअर्वा टोलस्थित नहर चोकबाट बीआर २२ एन ५०१४ नम्बरको भारतीय मोटरसाइकलमा सवारी निजलाई रोकी खानतलासी गर्दा कुशवाहाका साथबाट स्रोत नखुलेको १६ लाख रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पक्राउ परेको उनीमाथि उक्त रकमको बारेमा सोधपुछ गर्दा निजले स्रोत खुलाउन सकेन । प्रहरीक अनुसार उक्त रकम ओसारपसार गर्न प्रयोग गरेको मोटरसाइकलसहित निजलाई पक्राउ गरी आवश्यक कारवाही सुरु भएको प्रहरीले जनाएके छ ।