नेपालमा थपिए २६० संक्रमित, ३४९ कोरोनामुक्त

   ९ पुष २०७८, शुक्रबार १५:३०  

९ पुस, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ११ हजार ८ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा जम्मा २ सय ६० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, यो अवधिमा थप ३ सय ४९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी, कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण बितेको २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ ।

यससहित हालसम्म नेपालमा ११ हजार ५ सय ८२ जनाले कोरोनाको कारण ज्यान गुमाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभर ५ हजार ४८ कोरोना संक्रमित उपचाररत छन् ।