नालीमा लडेर ९७ वर्षीय वृद्धको मृत्यु
८ पुस, रौतहट । नालीमा लडेर भक्तपुरमा ९७ वर्षीय वृद्धको मृत्यु भएको छ ।
चाँगुनारायण नगरपालिका ४ मा आफ्नै घर अगाडि रहेको नालीमा बुधबार राति लडेर ९७ वर्षीय कान्छा श्रेष्ठ घाइते भएका थिए । घाइते वृद्धलाई उपचारको लागि काठमाडौँको जोरपार्टीस्थित शंखरापुर अस्पतालमा ल्याइएको थियो ।
अस्पतालमा ल्यापनि ती वृद्धको उपचारकै क्रममा बुधबार राति नै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी प्रवक्ता नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






