हतियार र गाँजासहित एक जना पक्राउ

   ८ पुष २०७८, बिहीबार ११:२६  

८ पुस, रौतहट । हतियार र गाँजासहित स्याङजाबाट एक जना पक्राउ परेका छन् ।

जिल्लाको भीरकोट नगरपालिका वडा नम्बर ७ बस्ने ४५ वर्षीय डुलबहादुर रोकालाई भरुवा बन्दुक र गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

रोकाको साथबाट एक नाले एउटा भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने फलामको वेरिङ १० थान, सिसाको छर्रा १७ थान, बारुद ३ ग्राम केप ३ थान र १४ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका लागु औषधका बारेमा थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।