अध्यक्ष ओली आज वीरगञ्ज आउदैँ

   ८ पुष २०७८, बिहीबार ११:०३  

८ पुस, रौतहट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पर्साको वीरगञ्ज आउने भएका छन् ।

पार्टी प्रवेश कार्यक्रममा सहभागि हुनका लागि बिहीबार अध्यक्ष ओली वीरगञ्ज आउँने भएको एमालेका केन्द्रीय सदस्य उद्धव रेग्मीले जानकारी दिए ।

आज आयोजित कार्यक्रममा सहभागि हुन रौतहटका सबै कमिटिले ठुलो संख्यामा जन सहभागिता गराउने तयारीमा रहेको एमाले जिल्ला अध्यक्ष तुलसीराज गिरीले जनाए ।

गिरीका अनुसार रौतहटबाट ठुलो संख्यामा अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्ने तयारी समेत रहेको छ ।