ठगी आरोपमा काठमाडौँबाट एक जना पक्राउ
७ पुुस, रौतहट । ठगी आरोपमा काठमाडौँबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जग्गा खरीद गरिदिन्छु भन्दै ठगी गरेको अभियोगमा धर्मदेवी नगरपालिका २ घर भइ हाल काठमाडौंको बौद्ध बस्दै आएका ५३ वर्षीय दुर्गाबहादुरी भण्डारीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको छ ।
भण्डारीले ८ जनासँग १ करोड ६६ लाख ५० हजार रुपैयाँ ठगी गरेको कारण उनलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ । जिल्ला कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ६ थलीमा लुकिछिपी बस्दैँ गरेको अवस्थामा मंगलबार साँझ प्रहरी वृत बौद्धले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरीले जनाएको छ ।






