नाईट्रोभेटसहित कैलालीबाट दुई जना पक्राउ
७ पुस, रौतहट । कैलालीबाट नाईट्रोभेटसहित दुई जना पक्राउ परेका छन् ।
लागूऔषधसहित पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ बस्ने २७ वर्षीय दिपक बिक र सोही स्थानका २१ वर्षीय राजेन्द्र कामी रहेको प्रहरीले जनाएको छ ।
धनगढी उपमहानगरपालिका ३, ट्राफिक चोक स्थित अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा दुवै जनालाई रोकी चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ४१ ट्याबलेट नाईट्रोभेट फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पक्राउ परेका दुवै जनामाथि यसबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।






