आज थपिए २९० संक्रमित, ३ जनाको मृत्यु

   ६ पुष २०७८, मंगलवार १७:०२  

६ पुस, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ९० जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा जम्मा २ सय ५२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, यो अवधिमा ४ हजार ६ सय १६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३८ जनामा एन्टिजेन संक्रमण देखिएको छ । योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या ९ लाख २२ हजार २ सय २७ पुगेको छ ।

यसैबीच, बितेको २४ घण्टामा थप २ सय ३२ जना कोरोनामुक्त भएका छन् । यससहित हालसम्म नेपालमा कोरोना भाइरस (कोभिड १९)को संक्रमणमुक्त हुनेहरुको कुल संख्या ८ लाख ९ हजार ३ सय ८७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५७७ पुगेको छ ।