केएमसी कलेजको होस्टलमा एक छात्रको मृत्यु

   ६ पुष २०७८, मंगलवार १३:०५  

६ पुस, रौतहट । काठमाडौंको बागजबारस्थित मोडल कलेजको होस्टलमा बस्ने एक छात्रको मृत्यु भएको छ ।

केएमसी कलेजको होस्टलको बाथरुममा नुहाउन गएका बेला १८ वर्षीय सुशिल सहनी बेहोस भएका थिए । सोमबार दिउँसो बाथरुमबाट धेरै बेरसम्म ननिस्केपछि होस्टलका कर्मचारीले ढोका फुटाएर हेर्दा बेहोस अवस्थामा उनी भेटिएका थिए ।

अचानक बाथरुममा बेहोस भएको उनलाई उपचारका लागी काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको आइसियुमा उपचारकै क्रममा सहनीको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले जानकारी दिए ।

यस घटनाबारे अनुसन्धान सुरु भएको मैनालीले जनाए ।