अध्यक्ष ओली कपिलवस्तु जादैँ

   ६ पुष २०७८, मंगलवार १०:५८  

६ पुस, रौतहट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कपिलवस्तु जादैँ छन् ।

सोमबार साँझ रुपन्देही आएका अधयक्ष ओली मंगलबार कपिलवस्तुको बहादुरगन्जमा आयोजना हुने एमालेको सभालाई सम्बोधन गर्न कपिलवस्तु जादैँ छन् ।

ओलीले पार्टी प्रवेश तथा जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले पोलिटब्यूरो सदस्य लिला गिरीले जानकारी दिए । कपिलवस्तुको कार्यक्रमलाई सम्बोधन गरेपछि उनी काठमाडौँ फर्किने बताइएको छ । कपिलवस्तुका राजनीतिज्ञ मंगलप्रसाद गुप्ताको नेतृत्वमा ३ हजारभन्दा बढी एमाले प्रवेश गर्ने कार्यक्रम तय गरिएको गिरीले बताए ।

यसअघि, अध्यक्ष ओली सोमबार साँझ रुपन्देहीको मणिग्राममा रहेको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा बसेका थिए ।