नेपालमा थपिए २२० संक्रमित, २६३ जना कोरोनामुक्त

   ५ पुष २०७८, सोमबार १६:३१  

५ पुस, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४ हजार १ सय ४१ जनाको पीसीआर परीक्षण गर्दा जम्मा २१८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, यो अवधिमा १ हजार ४ सय १६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ जनामा एन्टिजेन संक्रमण देखिएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संंख्या ८ लाख २५ हजार ९ सय ५४ पुगेको छ ।

त्यसैगरी, बितेको २४ घण्टामा थप २ सय ६३ जना कोरोनामुक्त भएका छन् । यससहित हालसम्म देशभर कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ८ लाख ९ हजार १ सय ५५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण यो अवधिमा १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणको कारण ११ हजार ५ सय ७४ जनाले ज्यान गुमाइसकेका छन् ।

हाल नेपालमा ५ हजार २ सय २५ संक्रमित उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।