धनुषाबाट २० किलो गाँजासहित एक भारतीय पक्राउ, ४ जना फरार

   ४ पुष २०७८, आईतवार १६:४७  

४ पुस, रौतहट । धनुषामा गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

धनुषाको मिथिला नगरपालिका ६ स्थित ढल्केवरबाट २० किलोे गाँजासहित भारतको विहार राज्य मधुवनी जिल्ला खिरहर थाना हिसार ग्राम पञ्चायत ४ का २२ वर्षीय विजयकुमार महतो पक्राउ परेको प्रहरीले जनाएको छ ।

५ जनाले बीआर ३२ के ९१२७ नम्बरको स्कार्पियोमा गाँजा बोकेर बर्दिवासबाट ढल्केवरतर्फ आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय ढलकेवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जनकारी दिए ।

प्रहरी टोलीलाई देखेर उनीहरुले गाँजा सडकमा फालेर भाग्न खोजेपनि घटनास्थलबाट करिब ५ सय मिटर दक्षिण उखुघारीमा लुकेको अवस्थामा महतोलाई पक्राउ गरेको हो । भाग्ने क्रममा स्कार्पियो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको छ भने फरार भएका अन्य ४ जनाको खोजी सुरु भएको प्रहरीले जनाएको छ ।