दुई समूहबीच झडप हुँदा एक युवकको मृत्यु, एकको अवस्था गम्भीर

   ४ पुष २०७८, आईतवार १५:२५  

४ पुस, रौतहट । सिरहामा दुई समूहबीच झडप हुँदा एक युवकको मृत्यु भएको छ ।

गोलबजार नगरपालिका ६ गोलबजारमा शनिबार राति ७ः४५ बजेतिर दुई समूहबीच झडप हुँदा छुरा प्रहार गरेका कारण स्थानीय २६ वर्षीय रामकुमार सदाको ज्यान गएको सिरहाका प्रहरी प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए ।

झडपकै क्रममा भएको छुरा प्रहारबाट अन्य एक जना गम्भीर घाइते भएका छन् । घाइते भएका निकेश सदाको आरके मेडिसिटी अस्पतालमा उपचार भइरहेको डीएसपी बुढाथोकीले जनाए ।

घटना पश्चात् भाग्न सफल भएका झडपमा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

झडपमा एक जनाको मृत्यु भएको कारण घटनाको दोषीलाई कारबाहीको माग गर्दै स्थानीयहरुले आज दिउँसो गोलबजारमा राजमार्गसमेत अवरुद्ध गरेका थिए ।