कैलालीमा युवकको घाँटी रेटेर हत्या, आरोपी फरार

   ४ पुष २०७८, आईतवार १४:०४  

४ पुस, रौतहट । कैलालीमा एक युवकको घाँटी रेटेर हत्या गरिएको प्रहरीले जनाएको छ ।

जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अरुण दासको अमरावती सामुदायिक वनमा घाँटी रेटेर टाउको छिनालेको अवस्थामा शव शनिबार फेला परेको छ ।

प्रहरीका अनुसार हत्यामा संलग्न भएका आरोपीहरु हाल हिरासतमा नआएपनि संम्लग्नहरुको टेलिफोन सम्बाद भने गोप्यरुपमा सार्वजनिक भएको छ । संवादमा उनीहरु हत्या गरेर भारत बैङलुरु जान लागेको बताइएको छ ।

मृतक र ती समुहको कनेक्सन लागुऔषध भएको हुनसक्ने भन्दै प्रहरीले दासको लागुऔषधकै कारण निर्मम हत्या गरिएको प्रारम्भिक अनुमान रहेको छ । हिजो साथीसँग जाने भन्दै उनी घरबाट बाहिरिएका थिए ।

यस्तै, टिकापुरका भुपेन्द्र बडुवालको हत्या प्रकरण सेलाउन नपाउदै फेरी अर्का युवकको हत्या गरिएको छ ।