घरमा आगलागी हुँदा महिलाको मृत्यु

   ३ पुष २०७८, शनिबार १३:२०  

३ पुस, रौतहट । घरमा आगलागी हुँदा कालीकोटमा एक महिलाको मृत्यु भएको छ ।

आगलागीमा परेर घाइते भएकी रामसरा बुढालाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार गएराति घरमा भएको आगलागीमा परेर घाइते हुनुभएकी रास्कोट ९ की बुढाको उपचार गर्न सुर्खेत लैजाँदै गर्दा दैलेखको तल्लो ढुङ्गेश्वरमा नै आज बिहान मृत्यु भएको हो ।

टाउको र खुट्टा जलेर उनी गम्भीर घाइते भएकी थिइन् । घाइतेलाई स्थानीय रास्कोट अस्पतालमा ल्याएपनि उपचार हुन नसकेपछि थप उपचारका लागि सुर्खेततर्फ पठाउने क्रममा बाटोमा नै मृत्यु भएको छ ।