पोखरास्थित एक घरमा आगलागी
३ पुस, रौतहट । पोखरास्थित एक घरमा आगलागी भएको छ । पोखरा ५ मदनमार्गको घरमा आगलागी हुँदा घरमा भएको समानहरु पूर्णरुपमा जलेर नष्ट भएको हो ।
अयोध्या बाटाजुको घरमा सन्चालित होटलबाट आगो लागेको घरधनीको भनाई रहेको प्रहरीले जनाएको छ । शुक्रबार गएराति आगलागी भएको कारण सामानहरु जलेर नष्ट भएका छन् भने घरसमेत बस्न नमिल्ने गरी जलेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।
पोखरा महानगरपालिकाका दुईवटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । हाल क्षतिको थप विवरण आउन बाँकी रहेको तिवारीले जनाए ।






