रुपन्देहीमा घुससहित वडा सचिव पक्राउ
२ पुस, रौतहट । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ कार्यालयका वडा सचिव (नासु) घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले मोहम्मद सिद्दिकलाई घुससहित नियन्त्रणमा लिएको छ ।
विवाह दर्ता प्रमाणपत्रका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग लिएको ३ हजार रुपैयाँ घुससहित वडा कार्यालयबाट उनलाई हिरासतमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका सूचना अधिकारी जयराम श्रेष्ठले जानकारी दिए ।
सेवाग्राहीसँग लिएको घुससहित पक्राउ परेका मोहम्मदमाथि यसबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।






