सुनचाँदीको मूल्य वृद्धि
२ पुस, रौतहट । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बढेर प्रतितोलामा ९४ हजार रुपैयाँ कायम भएको छ ।
यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ । यसअघि बिहीबार तेजाबी सुनको कारोबार ९२ हजार ५ रूपैयाँमा भएको थियो ।
त्यसैगरी, हिजो १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य १५ रुपैयाँ बढेर प्रतितोलामा १ हजार २ सय ६५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।






