महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

   २ पुष २०७८, शुक्रबार १०:५७  

२ पुस, रौतहट । महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

महोत्तरीको भंगहा नगरपालिका– ६ जमुनियाँ गाउँमा बिहीबार गएराति भएको मोटरसाइकल दुर्घटनामा परी स्थानीय २८ वर्षीय मुबारक अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

ना१७प ७०८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मुबारकको टाउकोमा गम्भीर चोट लागेको थियो ।
विष्टका अनुसार सोही स्थानका २५ वर्षीय दिपेश चौधरीले चलाएका मोटरसाइकलमा पछाडि सवार भएको अन्सारी गम्भीर घाइते भएका थिए ।

घाइते अन्सारीलाई उपचारका लागि जनकपुरस्थित जानकी हेल्थ केयर अस्पतालमा ल्याएपनि उपचारकै क्रममा राति १०:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना पश्चात् फरार भएको मोटरसाइकल चालक चौधरीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।